माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक – Nepal Press

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रले ८ औं महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

अहिले केन्द्रीय सदस्यका लागि सहमतिको प्रयास जारी रहेको भएपनि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रक्रिया साढे तीनबजेबाट नै सुरु भएको समितिले जनाएको छ ।

साढे ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने सूची छ । यस्तै उम्मेदवारको मनोनयन गर्दा ८ देखि साढे १० बजेसम्म, मनोनयन दर्ता सम्बन्धि सूची १०ः ३५ मा प्रकाशन गर्ने तालिका रहेको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने समयत तोकिएको छ ।

बाँकी प्रक्रिया भने आइतबारबाट आरम्भ हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर