राप्रपाका जिल्ला अध्यक्ष र दुई वडाध्यक्षलाई पार्टीबाट निष्कासन गरिएकोमा कमल थापाको खेद – Nepal Press

राप्रपाका जिल्ला अध्यक्ष र दुई वडाध्यक्षलाई पार्टीबाट निष्कासन गरिएकोमा कमल थापाको खेद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको काभ्रे जिल्ला अध्यक्षसहित तीन जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णयप्रति विरोध जनाएका छन् । राप्रपा पदाधिकारी वैठकले गरेको उक्त निर्णयप्रति थापाले सामाजिक सञ्जालमार्फत खेद व्यक्त गरेका हुन् ।

थापाका अनुसार राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाध्यक्षलाई पार्टीबाट निष्कासन गरिएको छ । उनीहरुलाई स्पष्टीकरणको मौका नदिई निष्काशन गर्ने निर्णय अवैधानिक र पार्टी हितविपरित रहेको थापाको दावी छ । पदाधिकारी वैठकलाई यस्तो निर्णय गर्ने अधिकार विधानले नदिएको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर