पदाधिकारी संख्या केन्द्रीय समितिले तोक्ने : मनोनित प्रतिशत १५ पुर्‍याइयो – Nepal Press
माओवादी महाधिवेशन

पदाधिकारी संख्या केन्द्रीय समितिले तोक्ने : मनोनित प्रतिशत १५ पुर्‍याइयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी संख्या आवश्यकता अनुसार बढाउने भएको छ । त्यसको जिम्मा केन्द्रीय समितिलाई दिने गरि विधान संशोधन मस्यौदाका प्रस्तावक देव गुरुङले जारी बन्द सत्रमा प्रस्ताव गरेका छन् ।

शनिबार आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण प्रस्ताव गरेका हुन् । त्यस्तै केन्द्रीय सदस्य मनोनय गर्ने प्रतिशत पनि १५ पुर्‍याउने प्रस्ताव समेत गरिएको छ।

यसअघि १० प्रतिशत मनोनय गर्ने प्रस्ताव गरिएको थियो । केन्द्रीय सदस्य भने २९९ हुने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर