‘ए’ डिभिजन लिगः सातौं चरणसम्म पनि जित बिहिन फ्रेन्डस – Nepal Press

‘ए’ डिभिजन लिगः सातौं चरणसम्म पनि जित बिहिन फ्रेन्डस

काठमाडैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)सँग ३-२ गोलको नतिजामा पराजित हुँदै फ्रेन्डस क्लब सातौं चरण सम्म आइपुग्दा पनि जित बिहिन रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा शुक्रबार भएको दोस्रो खेल सुरुभएको पाँच मिनेटमा स्टेफेन विनङको गोलमा एनआरटीले अग्रता लिएको थियो । उनले डिफेन्डर नविन गुरुङको पासमा बक्स नजिकैबाट उत्कृष्ट गोल गरेका थिए ।

यस्तै, खेलको २०औं मिनेटमा एनआरटीका मिडफिल्डर मेसुके ओल्मोउले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले, फ्रेन्डसका डिफेन्डर रोनेल पललाई बिट गर्दै पेनाल्टी एरियाबाट सुन्दर गोल गरे ।

फ्रेन्डसले २५औं मिनेटमा गोल गर्ने अवसर गुमाएको थियो । मिडफिल्डर जुडे गर्सियाले फ्रिकिक मार्फत गरेको प्रहार क्रसबारमा लागेर बाहिरएिको थियो । यस्तै, २९औं मिनेटमा गोल गर्ने स्पस्ट मौका खेर फाल्दा फ्रेन्डस पुनःअभागि ठहरियो । हरि कठाएतको क्रसमा कप्तान असिम भुसालले पेनाल्टी एरियाबाट हेडरमार्फत गरेको प्रहार क्रसबार भन्दा थोरै माथिबाट बाहिरिएको थियो ।
यस्तै, खेलको ४२औं मिनेटमा विनङ व्यक्तिगत दोस्रो गोल गर्नबाट चुके । उनले पेनाल्टी एरियाभन्दा ठिक बाहिरबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

पहिलो हाफमा फ्रेन्डसमाथि २ गोलको अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा थुपै्र गोल गर्ने अवसर सृजना गरेपनि स्कोरमा कन्भर्ट हुन सकेन ।

खेलको ७१औं मिनेटमा फ्रेन्डसले पुन गोल गर्ने मौका खेर फाल्यो । सुनिल लामाको ब्याक पासमा यादु सिलवालकोे प्रहार एनआरटीका गोल किपर पुजन होनाले पन्चआउट गरिदिए ।

फ्रेज्डसका लागि खेलको ८१औं मिनेटमा जुडे गर्सियाले सान्त्वना गोल गरे । उनले वैकल्पीक खेलाडी सकल रेग्मीले बक्सको दाँया तर्फ बाट दिएको पासमा उत्कृष्ट फिनिस गरेका थिए ।

यस्तै, दोस्रो हाफको इन्जुरि समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीकालागि तेस्रो गोल गरे । यस्तै, फ्रेन्डसका गर्सियाले पुन ईन्जुरी समयमा टोलीका लागि दोस्रो गोल गरे ।

जितसँगै एनआरटी सात खेलबाट १० अंक जोडेर पाँचैं स्थानमा उक्लिएको छ । जितबिहिन फ्रेन्डस तालिकाको पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर