भारतले जित्यो अन्डर १९ एसिया कप क्रिकेटको उपाधि – Nepal Press

भारतले जित्यो अन्डर १९ एसिया कप क्रिकेटको उपाधि

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । दुबईमा आज भएको फाइनलमा श्रीलंकालाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै भारतले सहज जित निकालेको हो ।

वर्षाले प्रभावित म्याचमा भारतलाई जितका लागि ३८ ओभरमा केवल ९९ रनको लक्ष्य प्राप्त भएको थियो, जुन पछि १०२ बनाइयो । भारतले एक मात्र विकेट गुमाएर सो लक्ष्य हासिल गर्यो । भारतका लागि ओपनर ब्याट्सम्यान अंगक्रिस रघुवंशीले अर्धसतक प्रहार गरे । अर्का ब्याट्समन शेख रसिदले ३१ रन बनाए ।

पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २८ ओभरमा ९ विकेट गुमाउँदै १०८ रन मात्रै जोड्न सकेको थियो । भारतका विक्की वस्तवालले सर्वाधिक ३ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर