क्यानलाई चार खेलाडीको इमेलः कारवाही कायम छ कि फुकुवा भयो ? – Nepal Press

क्यानलाई चार खेलाडीको इमेलः कारवाही कायम छ कि फुकुवा भयो ?

काठमाडौं । ग्रेडिङको विषयमा असन्तुष्टि जनाउँदा कारवाहीमा परेका चार खेलाडीहरुले नेपाल क्रिकेट संघ(क्यान) सँग जवाफ माग्दै इमेल पठाएका छन् । क्यानले हिजो बन्द प्रशिक्षणका लागि ३० खेलाडीको छनोट गरेपछि खेलाडीहरुले इमेल गरेका हुन् ।

क्यानले कारवाहीमा परेका खेलाडीहरुलाई पनि प्रारम्भिक टोलीमा समावेश गरेको छ । सेन्ट्रल ग्रेडिङबाट ६ महिनाका लागि बाहिर राखिएका खेलाडीहरुले क्यानलाई पठाएको इमेलमा ‘आफूहरुमाथिको कारवाही फुकुवा गरेर टिममा समावेश गरिएको हो कि यथावत छ ?’ भनि प्रश्न सोधेका छन् ।

क्यानबाट इमेलको जवाफ आएको छैन । जवाफ आएपछि मात्रै बन्द प्रशिक्षणमा आफूहरु सहभागी हुने वा नहुने निधोमा पुग्ने एक खेलाडीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर