सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई – Nepal Press

सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई

काठमाडौं । सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी प्राविधिक तर्फका सहसचिव शिवहरि सापकोटालाई दिएको हो ।

सापकोटाले सोमबार नै महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । सापकोटा यस अघि विभागको उपमहानिर्देशक एवम प्रवक्ताको जिम्मेवारीमा थिए । १० महिना अघि मात्रै सापकोटा विभागबाट मन्त्रालयमा तानिएका थिए ।

भर्खरै महानिर्देशकको जिम्मेवारी सम्हालेका सापकोटा चार महिनापछि अर्थात २०७९ बैशाख १९ गते अनिवार्य अवकाशमा जान लागेका छन् । महानिर्देशकको जिम्मेवारीमा रहेका अर्जुनजंग थापालाई भाैतिक मन्त्रालयमा तानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर