राष्ट्रियसभा सदस्यका लागि कर्णाली एमालेबाट ९ जनाको नाम सिफारिस – Nepal Press

राष्ट्रियसभा सदस्यका लागि कर्णाली एमालेबाट ९ जनाको नाम सिफारिस

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश कमिटीको आजको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीनजना सदस्यका लागि उनीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो । एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलको उपस्थितिमा आज बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको एमाले कर्णाली प्रदेश कमिटीका सदस्य कुलमणि देवकोटाले नेपाल प्रेसलाई बताए ।

उनकाअनुसार महिलातर्फ चन्दननाथ नगरपालिका- ७ जुलाकी गंगा थापा महत, छत्रेश्वरी गाउँपालिका-५ सल्यानकी कुन्ता बस्नेत र मुगुमकार्मारौंग गाउँपालिका-३ मुगुकी सोनाम छोइजुङ भोटे लामालाई सिफारिस गरिएको छ ।

यस्तै, अन्यतर्फ वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतका चुडामणि शर्मा, भेरी नगरपालिका-३ जाजरकोटका गोविन्दविक्रम शाह र शुभकालिका गाउँपालिका-४ कालीकोटका हिरे सुनार सिफारिसमा परेका छन् ।

छायाँनाथरारा नगरपालिका-१० मुगुका रुपबहादुर बुढा, खाँडाचक्र नगरपालिका-३ कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीलाई अपांगतातर्फ सिफारिस गरिएको छ ।

‘हामीले यी नाम सिफारिस गरेका छौं । पार्टी केन्द्रले यिनै नामबाट क्लष्टरअनुसार तीनजनालाई चयन गर्नेछ ’, देवकोटाले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर