बाइडेन र पुटिनबीच टेलिफोन संवाद : युक्रेनमाथि प्रतिबन्ध भए त्यो गल्ती हुने मस्कोको चेतावनी – Nepal Press

बाइडेन र पुटिनबीच टेलिफोन संवाद : युक्रेनमाथि प्रतिबन्ध भए त्यो गल्ती हुने मस्कोको चेतावनी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी समकक्षी जो बाइडेनबीच गएराति युक्रेन विवादलाई लिएर टेलिफोन संवाद भएको छ ।

क्रेमलिनका अनुसार वार्तामा पुटिनले युक्रेनमाथि कुनै किसिमको प्रतिबन्ध लगाइए त्यो गल्ती हुने चेतावनी अमेरिकालाई दिएका छन् । आगामी महिना हुने दुई मुलुकको वार्ताअघि पुटिन र बाइडेनबीच छलफल भएको हो ।

युक्रेनको सीमा क्षेत्रमा भारी संख्यामा रुसले सेना परिचालन गरेको भन्दै पश्चिमा मुलुकले चासो व्यक्त गरिरहेको बेला दुई महाशक्तिका राष्ट्रपतिबीच ५० मिनेट वार्ता भएको हो ।

क्रेमलिनका सहयोगी युरी यासाकोभका अनुसार उक्त वार्ताबाट रुस सन्तुष्ट रहेको छ । रुसले पश्चिमा मुलुकबाट सुरक्षाको सुनिश्चिता चाहेको छ र कुनै किसिमको अमेरिकी हस्तक्षेप भए त्यसले गलत नतिजा निम्त्याउने रुसी चेतावनी पनि छ ।

‘मलाई लाग्छ, यस्तो हुनेछैन’ यास्कोभले अलजजिरासँग भने ।

यो महिनामा मात्र बाइडेन र पुटिनले दोस्रोपटक टेलिफोन संवाद गरेका हुन् । पछिल्लो महिना रुसले युक्रेनको सीमामा भारी संख्यामा सैनिक उपस्थिती बढाएपछि अमेरिकासहितका पश्चिमा मुलुकले संशस व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर