रोनाल्डोको गोलमा युनाइटेडको सहज जित – Nepal Press

रोनाल्डोको गोलमा युनाइटेडको सहज जित

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि सहज जित निकालेको छ । इंग्लिस प्रिमियर लिगमा युनाइटेड बर्नलीलाई ३-१ गोल अन्तरले हराउँदै शीर्ष ६ मा उक्लिएको हो ।

स्कट एमसी टोमिनीले आठौं मिनेटमा पहिलो गोल गरी सुरुआती अग्रत दिलाएका थिए । २७औं बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो ।

रोनाल्डोले ३५औं मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे। ३८औं मिनेटमा आरोन लेनोनको एक गोल फर्काए पनि बर्नलीले हार टार्न सकेन ।

युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौं स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक छ । कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय खेल भने स्थगित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर