सर्लाहीमा भएको प्रहरी ज्यादती जंगलराजको पराकाष्ठा : प्रभु साह – Nepal Press

सर्लाहीमा भएको प्रहरी ज्यादती जंगलराजको पराकाष्ठा : प्रभु साह

काठमाडौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले सर्हालीको बयलबासमा नेपाल प्रहरीले गरेको ज्यादती जंगलराजको पराकाष्ठा भएको बताएका छन् ।

आइतबार प्रहरीको भ्यानले किचेर बयलबासका युवा व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय आन्दोलित छन् ।

आफ्नो गल्ती स्वीकारेर छलफलमार्फत समाधान गर्नुको सट्टा प्रहरीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका स्थानीयमाथि थप दमन गरेकोप्रति नेता साहले आपत्ति जनाएका हुन् ।

रहस्यमय ढंगले मृत्यु हुनु र सर्लाही प्रहरीले उल्टै अनुचित रुपमा बल प्रयोग गरी पीडित पक्षलाई थप उत्तेजित एवं मर्माहत बनाउने कार्य गरि जंगलराज देखाएको भन्दै नेता साहले सर्लाहीको एसपी र सम्बन्धित ईलाकाका इन्चार्जलाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।

उनले भने — घटनाप्रति पीडित पक्षले निष्पक्ष छानबीनसहित न्यायको लागि शान्तिपूर्ण सडक संघर्ष गरिरहेको सन्दर्भमा पीडित पक्षसँग वार्ता छलफलको माध्यमले समस्याको हल खोज्नुको सट्टा प्रहरी प्रशासनले उल्टै अनुचित रुपमा बल प्रयोग गरी पीडित पक्षलाई थप उतेजित एवं मर्माहत बनाउने तथा कर्फ्यू जारी गरेर अनावश्यक त्रासको अवस्था सृजना गर्न निर्दोष एवं लाचार स्थानीयवासीहरुको जीउधनमाथि धब्बा बोली स्थानीय प्रहरी प्रशासनले गरिरहेको जंगलराजको हर्कतप्रति घोर निन्दा व्यक्त गर्दछु ।

गस्तीमा रहेको प्रहरीको भ्यानले किचेर स्थानीय व्यापारीको मृत्यु भएपछि निष्पक्ष छानबिनको माग राखेर स्थानीयले प्रदर्शन जारी राख्दा सर्लाहीको ईश्वर नगरपालिका बजार क्षेत्र तनावग्रस्त बन्दै गएको छ ।

गएको आइतबार ९ बजेतिर इलाका प्रहरी कार्यालयको गस्तीमा रहेको भ्यानले ठक्कर दिँदा स्थानीय फेन्सी पसल चलाउँदै आएका व्यापारी ईश्वरपुर नगरपालिका—५ का रामकुमार महतोको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर