एमाले पाटीपौवामा परिणत भइसक्यो, लोहियावादी लगायत पार्टीसँग एकता गर्दैछौं : माधव नेपाल (भिडिओ) – Nepal Press

एमाले पाटीपौवामा परिणत भइसक्यो, लोहियावादी लगायत पार्टीसँग एकता गर्दैछौं : माधव नेपाल (भिडिओ)

‘देउवाले बोलेपछि ढुक्क भइयो, अब सबै चुनावमा गठबन्धन हुन्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब पार्टी नभएर पाटीपौवामा परिणत भइसकेकाले अब त्यस पार्टीको कुनै भविष्य नरहेको दावी गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब मुलुकको नेतृत्व नेकपा एसले गर्ने बताए । उनले नेकपा एसले क्रान्तिकारी धारको नेतृत्व गरेको बताए ।

नेपालले भने– यो पार्टीको शक्ति र सामर्थ्य बढिरहेको छ । एमाले त पाटीपैवा भइसक्यो । दिन दिनै विभिन्न पार्टीहरु हामीसँग एकता गर्दैछन् । भोलि नै जनमोर्चा नेपालसँग एकीकरण हुँदैछ । त्यसपछि समाजवादी पार्र्टी लोहियावादीसँग एकता हुँदैछ । २० हजारदेखि २ लाखसम्म भोट ल्याउने पार्टीहरु हामीसँग मिल्दैछन् ।

अध्यक्ष नेपालले आउने सबै चुनावमा कांग्रेसहितका दलहरुबीच गठबन्धन हुने समेत बताए । सभापति शेरवहादुर देउवाले नै गठबन्धन हुन्छ भनिसकेकाले अब ढुक्क भएर चुनावको तयारीमा लाग्न उनले कार्यकर्तालाई आग्रह गरे ।


प्रतिक्रिया

One thought on “एमाले पाटीपौवामा परिणत भइसक्यो, लोहियावादी लगायत पार्टीसँग एकता गर्दैछौं : माधव नेपाल (भिडिओ)

  1. पिंधबिनाकाे लाेटा । भारतीय दलाल । लाेभीकाे भाँडाे । चुनाव त हुन देउ काे पार्टी पाैवा देखिन्छ । बालुवाटारकाे जग्गा बेचेकाे कसूरमा जेल जानुपर्ने भयाे भनेर पार्टी फुटाएर देउवाकाे पाउ पर्न जानेले फुर्ती लगाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर