माओवादी महाधिवेशन – समूहगत सुझावको प्रस्तुति सकियो, प्रचण्डले भोली जवाफ दिने – Nepal Press

माओवादी महाधिवेशन – समूहगत सुझावको प्रस्तुति सकियो, प्रचण्डले भोली जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत समूहगत सुझावको प्रस्तुति सकिएको छ ।

अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि २५ समूहमा भएको छलफलको प्रस्तुति सकिएको हो ।

बिहीबारसम्म २५ समूहका नेताहरुले आफ्नो समूहबाट आएको सुझावहरु प्रस्तुत गरेका थिए ।

भोली एकबजेबाट फेरि बन्दसत्र सुरु हुनेछ । अनुशासन, लेखा र विर्नाचन आयोगको प्रतिवेदन बन्दसत्रमा पेश भएर पारित भएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर