पाठ्यपुस्तक छपाइको जिम्मा दिन व्यवसायीको माग – Nepal Press

पाठ्यपुस्तक छपाइको जिम्मा दिन व्यवसायीको माग

काठमाडौं । निजीक्षेत्रबाट पाठ्यपुस्तक छपाई र वितरण गर्दे आएको नेपाल मुद्रण उद्योग महासंघले कक्षा–५ सम्मको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मा दिन माग गरेको छ ।

यसअघि सामुदायिक विद्यालयको कक्षा–३ सम्मको पाठ्यपुस्तक छपाई गर्दे आएपनि सरकारले आर्थिक वर्ष २०७९ देखि जनक शिक्षा सामग्री केन्द्रलाई दिने निर्णय पछि व्यवसायीहरु आन्दोलित हुँदै पुस्तक छपाईको जिम्मा दिन माग गरेको हो ।

बिहीबार विज्ञप्ती जारी गर्दै निजि मुद्रणहरुलाई राज्यले विभेद गरेको भन्दै मुद्रण उद्योगी तथा व्यवसायीहरुको छाता संस्था नेपाल मुद्रण उद्योग महासंघले आपत्ति जनाएको छ ।

पाठ्यकम विकास केन्द्रले २०७८ मंसिर २२ गते शैक्षिक सत्र २०७९ का लागि सामुदायिक विद्यालयको कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक छपाई तथा वितरण गर्न नीजि क्षेत्रका मुद्रक तथा बिक्री वितरकलाई नविकरण तथा सूचिकरणका लागि आह्वान गरेको थियो ।

२०६४ सालबाट कक्षा १–८ सम्मका सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मेवारी नीजि क्षेत्रलाई दिएपनि यस वर्ष देखि नदिने निर्णय गर्नुले निजी क्षेत्रले यस क्षेत्रमा गरेको अर्बौ लगानी डुब्ने खतरा भएको भन्दै व्यवसायीहरु आन्दोलित भएको हुन् ।र

उनीहरुले व्यवसाय र लगानीको सुरक्षा गर्न राज्यसँग माग गरेका छन् । सरकारको यो निर्णयले शैक्षिक सत्र सुरु भई सक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसक्दा पठनपाठनमा समस्या हुने उनीहरुको आरोप छ ।

सामुदायिक विद्यालयका पाठ्यपुस्तक मात्र नभई नेपालमा आवश्यक पर्ने मुद्रण सम्बन्धि जुनसुकै कार्य आवश्यक गुणस्तर र समयसीमामा पूरा गर्दे आएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर