समाजका विकृति विरुद्ध बिम्बको रुपमा स्काउट उभिनुपर्छ : संयोजक भण्डारी (भिडिओ) – Nepal Press

समाजका विकृति विरुद्ध बिम्बको रुपमा स्काउट उभिनुपर्छ : संयोजक भण्डारी (भिडिओ)

काठमाडौं । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्ध बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताएका हुन् ।

नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताएका हुन् ।

उनले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताए । संयोजक भण्डारीले नेपाल स्काउटका सदस्यहरुले मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउनु पर्ने भन्दै यसका लागि युवा पुस्ता तयार हुनुपर्ने बताए ।

उनले स्काउटले देशका हरेक कुनाको प्रतिनिधित्व हुने गरेर काम नगरे देशको विकास हुन नसक्ने बताउनु भयो ।

उनले भने – समाजका विकृति र विसंगतिहरु विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट उभिनुपर्छ । सबल, सक्षम समाज निर्माण गर्नका लागि अब तपाईहरुको तहबाट राज्यले परिकल्पना गरेको छ । परिकल्पना गरेको चिज भनेको त्यहाँका बालबालिकाहरु, त्यहाँका जुनकुनै समुदायका मान्छेहरु, कुनै पनि समाजका सूचनाका हकबाट, तालिमको दृष्टिकोणबाट एउटा सबल नेतृत्व गर्नको लागि कुनै कुराले अभाव हुने छैन भन्ने महशुस गराउने गरी कर्णालीलाई परिवर्तन गर्नुपर्छ ।

संयोजक भण्डारीले कर्णाली प्रदेशसहित देशभरका ग्रामिण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनु पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर