समस्या नै समस्याका बीच योजनाबद्ध भएर काम गर्दैछौ : बोर्ड उपाध्यक्ष रिजाल (भिडिओ) – Nepal Press

समस्या नै समस्याका बीच योजनाबद्ध भएर काम गर्दैछौ : बोर्ड उपाध्यक्ष रिजाल (भिडिओ)

काठमाडौं । लामो समयपछि नेपाल पर्यटन बोर्डले निजि क्षेत्रको प्रतिनिधित्व हुने उपाध्यक्ष पद पाएको छ ।

पब्लिक प्राईभेट पार्टनरसीप (पीपीई) मोडलबाट अघि बढ्ने बोर्डमा निजि क्षेत्रको प्रतिनिधित्वविना कर्मचारीकै भरमा वर्षौ देखि जिम्मा दिइदाँ नतिजामुखी काम हुन सकेको पाइएको छैन ।

पर्यटन मन्त्रालयको सचिव बोर्ड सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ । काम चलाउ रुपमा बोर्ड सञ्चालक समिति गठन हुँदा कर्मचारीले बार्षिक बजेटलाई कागजी रुपमा मात्र कार्यन्वयन गर्ने भन्दा अन्य उपलब्धीमुलक काम नभएको पर्यटन व्यवसायीहरुले आरोप लगाउदै आएका छन् ।

गत वर्ष देखि बोर्डले निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी उपाध्यक्षमा चन्द्र रिजाललाई नियुक्त गरेका छन् । समस्यानै समस्याकाबिचमा रहेर बोर्डले योजनाबद्ध काम सुरु गरेको उपाध्यक्ष रिजालले नेपालप्रेसलाई बताए ।

बोर्डका कर्मचारी धेरै विवादमा आउने क्रम नरोकिएपछि बोर्डको कार्यशैलीमाथि प्रश्न उठ्ने गरेकाले यसलाई समधान गर्नतर्फ बोर्ड सञ्चालक समितिले नयाँ योजनाहरु निर्माण गर्न सुरु गरेको उनको भनाई छ ।

प्रमुख कार्यकारी अधिकृत राजनीतीक नियुक्ती हुनु र बिना अनुभवका व्यक्ति सिमित स्वार्थ लिएर बोर्डमा प्रवेश पाउँदा भनेअनुसार उपलब्धी हुन नसकेको रिजालले आरोप लगाए ।

पछिल्लो समय बोर्डले युएनडीपीसँग सहकार्य गरेर २१ करोड रुपैयाँको परियोजना ल्याएर पाँच हजार छ सय जना मजदुरलाई काम दिएको र कोभिड–१९ पीडित व्यवसायीलाई राहत दिन पाँच प्रतिशत व्याजमा बैंक ऋण उपलब्ध गराएर व्यवसायीहरुलाई सहयोग पुर्‍याएको उनले बताए ।

व्यवसायीलाई पुनःउत्थान गर्ने योजना, होटल क्वारेन्टिनको उचित व्यवस्थापनमा नीजि क्षेत्रले भूमिका खेलेको तर सरकार र सचिव परिर्वतनले पटक÷पटक अस्थिरता थपिदाँ कामको गति अगाडी बडाउन समस्या हुने गरेको यथार्थ पनि उनले नेपालप्रेसलाई सुनाए ।

नीजि क्षेत्र र पर्यटन व्यवसायीलाई बेवास्ता गरेर देशको पर्यटन क्षेत्रको विकास असम्भव भन्दै बोर्डले निजि क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाएर अघि बडेका कारण पर्यटन प्रवद्र्धनमा टेवा पुग्दै गएको उनले बताए ।

कर्मचारीलाई १० दिन पर्यटन काजको व्यवस्था निजि क्षेत्रबाटै प्रस्ताव भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धनबिना पर्यटन क्षेत्रको विकास असम्भव तर सरकारले आर्थिक वर्षको मध्यसमयमा आइपुग्दा समेत कार्यन्वयनमा ल्याउन नसक्दा यी कामहरु प्रभावित बन्दै गएका छन् ।

पर्यटन बोर्ड कर्मचारीलाई नै जिम्मेवारी दिँदा बजेट विनियोजन प्रभावकारी नहुने, विनियोजित बजेटको कार्यान्वयनमा समस्या हुने गरेको बोर्ड सदस्यहरुको भनाई छ ।

जनताको प्रत्यक्ष संलग्नता रहेको बोर्ड पर्यटन क्षेत्रको ‘थिं ट्याक’ को रुपमा विस्तार हुन सकेको छैन । पछिल्लो समय बोर्डको समस्या बोर्ड सञ्चालक समितिबाट समधान गर्ने अभ्यास सुरु हुँदै गएको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *