ओमिक्रोन र डेल्टा भेरिएन्टले कोरोनाको सुनामी ल्याउने देखिएको छ : डब्लुएचओ प्रमुख – Nepal Press

ओमिक्रोन र डेल्टा भेरिएन्टले कोरोनाको सुनामी ल्याउने देखिएको छ : डब्लुएचओ प्रमुख

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट डेल्टा र ओमिक्रोन भेरिअन्टले डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बताएका छन्। अमेरिका र युरोपेली मुलुकमा उच्च संख्यामा कोभिड संक्रमणका केसहरु देखा परिरहेका बेला डब्लुएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससको भनाइ आएको हो।

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले चाप बढाएको समेत बताए । डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।’

रोयटर्सका अनुसार विश्वभरि अहिले दैनिक झन्डै नौ लाख सङ्क्रमित पुष्टि भैरहेका छन् । शीर्ष अमेरिकी सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले जनवरी अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताए । फ्रान्सका स्वास्थ्यमन्त्रीले त्यहाँ बढेको सङ्क्रमणलाई चकित पार्ने किसिमको बताएका छन्।

कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन्। जसमा बेलायत समेत छ जहाँ १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन्।

डब्ल्यूएचओ प्रमुखले ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले ुमहामारी लम्ब्याउने देखिएको बताएका छन्। गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ सङ्क्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसरहरू सिर्जना हुने डब्ल्यूएचओ प्रमुखको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर