भलिबल टिमलाई खेलकुदमन्त्रीले भने- आज र भोलि आराम गर्नुस्, पर्सिबाट एसियन गेम्सको तयारी थाल्नुस् – Nepal Press

भलिबल टिमलाई खेलकुदमन्त्रीले भने- आज र भोलि आराम गर्नुस्, पर्सिबाट एसियन गेम्सको तयारी थाल्नुस्

काठमाडौं । नेपालले एसियन गेम्सको आगामी संस्करणमा भलिबलको महिला र पुरुष दुवै स्पर्धामा भाग लिने भएको छ । खेलकुदमन्त्री महेश्वर गहतराजले हिजोमात्रै मन्त्रालयले सो निर्णय लिएको जानकारी दिए ।

एसियन सेन्ट्रल जोनमा विजेता बनेर फर्किएको महिला भलिबल टोलीलाई विमानस्थलमा स्वागत गर्ने क्रममा मन्त्री गहतराजले सो जानकारी दिएका हुन् । एसियन गेम्सका लागि तत्काल तयारी थाल्न पनि उनले टिमलाई निर्देशन दिए ।

‘आज थकाइ मार्नुस्, भोलि पनि थकाइ मार्नुस् र पर्सीबाट एसियन गेम्सको तयारीमा जुट्नुस्,’ मन्त्री गहतराजले विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा भने ।

एसियन गेम्स खेल्ने निर्णय भएको मन्त्रीले सुनाउँदा खेलाडीहरू उत्साहित देखिएका थिए । उनले दशरथ रंगशालाभित्रै भलिबल संघको आफ्नै अफिस र कभर्ड हल हुने घोषणा पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर