एउटै कोठामा सुतेका थिए सातजना, ब्युँझिए तीनजना मात्र – Nepal Press
भेरी अस्पतालमा दु:खान्त :

एउटै कोठामा सुतेका थिए सातजना, ब्युँझिए तीनजना मात्र

सुर्खेत । आज ‘पुस १५’ । पश्चिमनेपालमा चामलको भुच्चने रोटी (बाक्लो रोटी) घ्यू हालेर आगो ताप्दै खाँदै ठूलाबडाबाट कथा सुन्ने चाड । गाउँखाने प्रश्नोत्तर गर्दै रात कटाउने दिन हो आज ।

यहि दिनको बिहानी देख्न नपाउँदै कालीकोटको खाँडाचक्र नगरपालिका-६ सेराका धनप्रसाद भट्टराईको परिवारले ज्यान गुमाए । कोठामा नाबालक छोरा सेक्न बालेको आगोमा निसासिएर मृत्यु भएको हो ।

धनप्रसादसहित ३ महिनाका छोरा इप्सन भट्टराई, ४५ वर्षीय आमा कोकिला भट्टराई र २७ वर्षीय दिदी नन्दकलीको मृत्यु गइसकेको छ । परिवारका ७ जनामध्ये २४ वर्षीया श्रीमती शुशिला भट्टराईको स्वास्थ्य सुधारोन्मुख छ । तीन वर्षको छोरा विवश र १८ वर्षीय भाइ नरेन्द्र घाइते छन् । भेरी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

धनप्रसाद तीन वर्षदेखि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको भेरी अस्पतालमा रहेको स्टोर शाखामा कार्यरत थिए । औषधी विक्रेताको रूपमा काम गर्दै आइरहेका उनी छोराछोरी, आमासहित सातजनाको परिवार अस्पताल क्वार्टरको एक कोठामा बस्थे । श्रीमती शुशिला सुत्केरी भएका कारण उनकी आमा कोकिला र दिदी नन्दकली पनि स्याहारका लागि आएका थिए ।

प्रहरीका अनुसार विहीबार नेपालगन्जमा जाडो बढेको थियो । शिशुलाई सेकाउन बालिएको दाउराको धुवाँ कोठामा भरिएर उनीहरू निस्सासिएका हुन् ।

‘हामीले हेर्दा खेरि ढोकामा दाउराका कोइला बालेको, खरानी भएको देखिन्छ ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले भने, ‘पश्चिमपट्टि रहेको झ्याल बन्द र ढोका बन्द गरेर बसेको पायौं ।’ उनीहरूको मृत्यु निसासिएर नै भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर