स्कूल तथा कलेजका लागि ‘स्कूल वर्क्स प्रो’ संचालनमा – Nepal Press

स्कूल तथा कलेजका लागि ‘स्कूल वर्क्स प्रो’ संचालनमा

काठमाडौं । शैक्षिक प्रणालीलाई प्रविधिमैत्री बनाउन डीजी टेक्नोलोजी प्रालिले ‘स्कूल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ ।

स्कूल वर्क्स प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको प्रालिका सीईओ प्रमोद पौडेलले बताए ।
सफ्टवेयरमार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कूल फि, विद्यालयको एकेडेमिक क्यालेन्डर हेर्न सक्नेछन् । विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने पौडेलको दाबी छ ।

शिक्षकले सफ्टवेयरबाटै गृहकार्य दिने र सोको जाँच गर्ने छन् । प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विज/पोल मार्फत विद्यार्थीको गतिविधि बढाउने गर्न सक्छन् । कक्षाको रुटिन, शैक्षिक स्रोत साधन व्यावस्थापन लगायत ई-लाइब्रेरीसमेत सफ्टवेयरमै उपलब्ध छ ।

स्कूल तथा कलेजको व्यवस्थापन पक्षले आर्थिक व्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मूल्यांकन, रिजल्ट व्यवस्थापनलगायतका व्यवस्थापकीय काम पनि यसै सफ्टवेयरबाट गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर