कोठाभित्र आगो ताप्दा भेरी अस्पतालमा ४ जनाको मृत्यु – Nepal Press

कोठाभित्र आगो ताप्दा भेरी अस्पतालमा ४ जनाको मृत्यु

सुर्खेत । तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीनजनाको गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो ।

धर्मकी पत्नी सुशीला भट्टराई तथा छाेराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको छ ।

‘उहाँहरुको निसास्सिएर मृत्यु भएको अनुमान छ,’ प्रजिअ खत्रीले भने, ‘उनीहरु अस्पतालकै एकै कोठामा बस्दै आइरहेका थिए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *