चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता – Nepal Press

चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता

काठमाडौं । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ ।

बुधबार राति भ्रमणकारी टोली सिटीका लागि फिल फोडेनले १६ मिनेटमा निर्णायक गोल गरेपछि सिटीले यो सिजन लिगमा १६ औं जित निकालेको हो ।

खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरे पनि भिडियाे असिस्टेन्ट रेफ्री (भार) त्यसलाई मान्यता दिएन ।

गएराति नै भएको खेलमा चेल्सीले ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाए पनि ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे ।

सिटीकाे २० खेलबाट ५० अंक भएको छ । दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंकसहित तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *