सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई सरकारले जनही ५–५ लाख दिने – Nepal Press

सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई सरकारले जनही ५–५ लाख दिने

काठमाडौं । सरकारले हालै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको टोलीलाई पुरस्कृत गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् वैठकले टोलीका प्रत्येक सदस्यलाई नगद पुरस्कार दिने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।

टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५–५ लाख दिइने छ । यस्तै, दुई प्रशिक्षकलाई जनही ३–३ लाख र एक अफिसियललाई २ लाख रुपैयाँ दिने निर्णय भएको छ ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले लगातार दोस्रोपटक हात पारेको हो । नेपाली भलिबल टीम भोली स्वदेश फर्किँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर