बीबीएलमा सन्दिपले तोडे विकेट खडेरी, मेलबर्नविरुद्ध लिए तीन विकेट – Nepal Press

बीबीएलमा सन्दिपले तोडे विकेट खडेरी, मेलबर्नविरुद्ध लिए तीन विकेट

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली स्पिनर सन्दिप लामिछानेले विकेट खडेरी तोडेका छन् । अघिल्ला तीन म्याचमा विकेटविहिन रहेका सन्दिपले आज उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए ।

सन्दिपको टिम होबर्ट हुरिकेन्स र मेलबर्न रेनेगेड्सबीच भएको म्याचमा सन्दिपले ३.५ ओभर बलिङ गर्दै ३२ रन खर्चिए । उनले मध्येक्रमका ब्याट्सम्यानहरु जेक फ्रासर म्याकगुर्क र मोहम्मद नाबी तथा पुछारका जाहिर खानलाई आफ्नो शिकार बनाएका थिए । अर्का बलर टम रोजर्सले पनि समान तीन विकेट लिए ।

आजको खेलमा होबर्टले मेलबर्नलाई ८५ रनको विशाल अन्तरले हराएको छ । होबर्टले पहिलो ब्याटिङ गर्दै २०६ रनको विशाल स्कोर खडा गरेको थियो । होबर्टका लागि बेन म्याकडेरमोटले विष्फोटक ब्याटिङ गर्दै ६५ बलमा १२७ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको मेलर्बन १२१ रनमा समेटिएको थियो । खेलमा होबर्टका शतकधारी म्याकडेरमोट म्यान अफ दि म्याच चुनिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर