काठमाडौंमा १०.७ मिलिमिटर वर्षा, सिमरामा १३ मिलिमिटर – Nepal Press

काठमाडौंमा १०.७ मिलिमिटर वर्षा, सिमरामा १३ मिलिमिटर

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ ।

बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा मंगलबार वर्षा भएको थिएन ।

कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौंमा फाट्टफुट्ट वर्षा भइरहेको छ ।

महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २।६ र घोराहीमा ०।६ मिलिमिटर वर्षा मापन भएको छ ।

पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर