एमाले कैलाली अध्यक्षमा तीन जनाको चर्चा – Nepal Press

एमाले कैलाली अध्यक्षमा तीन जनाको चर्चा

कैलाली । नेकपा एमालेको जिल्ला अधिवेशनको मिति नजिकिएसँगै कैलालीमा अध्यक्षका उम्मेदवारहरूको चर्चा सुरु भएको छ ।

आगामी २३ गते हुने जिल्ला अधिवेशनमा कैलाली अध्यक्षका लागि तीन जनाको चर्चा छ ।

वर्तमान अध्यक्ष रतन थापा पुन: अध्यक्षमा दोहोरिने बताइरहेका छन् । उनी बाहेक उपाध्यक्ष रण बहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरिरहेको चर्चा छ ।

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा धेरै कैलालीमा २२ हजार बढी सङ्गठित सदस्य रहेका छन् । २३ गते सबै जिल्लामा एमालेको जिल्ला अधिवेशन तोकिएको छ ।

जिल्ला अधिवेशन नजिकिएसँगै अध्यक्ष पदका उम्मेदवारहरूको चर्चा सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *