कोरोना संक्रमणपछि भारतीय क्रिकेट बोर्डका अध्यक्ष गांगुली अस्पताल भर्ना – Nepal Press

कोरोना संक्रमणपछि भारतीय क्रिकेट बोर्डका अध्यक्ष गांगुली अस्पताल भर्ना

दिल्ली । भारतीय क्रिकेट बोर्डका अध्यक्ष तथा पूर्वकप्तान सौरभ गांगुलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई दिल्लीस्थित उडल्यान्ड अस्पताल भर्ना गरिएको र अवस्था स्थिर रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसविरुद्ध दुई डोज खोप लगाएका गांगुलीले सोमबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । ४९ वर्षीय गांगुलीलाई यो वर्षको सुरुआतमा एन्जियोप्लास्टी गरिएको थियो ।

उनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरुले निगरानी गरिरहेको द हिन्दूले जनाएको छ । उडल्यान्ड अस्पतालका कार्यकारी अधिकृत रुपाली बासुका अनुसार अहिले गांगुलीलाई एन्टीबडी ककटेल दिएर आराम गर्न भनिएको छ ।

यसवर्षको सुरुआतमा उनका जेठा दाजु स्नेहासिसलाई पनि कोरोना संक्रमण भएको थियो । आकस्मिकरुपमा एन्जियोप्लासी गर्न गांगुली यसअघि दुईपटक पनि अस्पताल भर्ना भैसकेका छन् ।

पछिल्लो साता दिल्ली लगायत भारतीय राज्यहरुमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्ररुपमा फैलिइरहेको छ भने रात्रीकालिन कर्फ्यु आदेश पनि लागू गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर