प्रदेश सरकारलाई सांसद साहको प्रश्न – जनमत पार्टीबाट माननीय ज्यूहरुलाई आलोपालो कुटाइ खुवाउने ? (भिडिओ) – Nepal Press

प्रदेश सरकारलाई सांसद साहको प्रश्न – जनमत पार्टीबाट माननीय ज्यूहरुलाई आलोपालो कुटाइ खुवाउने ? (भिडिओ)

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ का सांसद किशोरी साह ‘कमल’ले मलखादको समस्या समाधान गर्न चासो नदेखाएको भन्दै प्रदेश सरकारमाथि आक्रोस पोखेका छन् ।

‘मलखादको समस्या समाधानतर्फ सरकारको अलिकति पनि ध्यान नजानु लापरबाही हो’, प्रदेशसभा बैठकमा उनले प्रश्न गरे, ‘यो समस्या समयमै किन समाधान गर्न नसकेको ? क्षमता छैन भने संघ सरकारसँग माग्नुपर्यो । स्थानीय निकायसँग पनि समन्वय गर्नुपर्यो । हामीबीच पनि छलफल गर्नुपर्यो ।’

‘मन्त्रालयले थेग्न नसक्ने स्थिति छ, त्यो जानकारी गराउनु पर्दैन ?’, उनले अर्को गम्भीर प्रश्न गरे, ‘कि जनमत पार्टीबाट हामी सबै माननीय ज्यूहरुलाई आलोपालो गरी कुटाई खाने स्थिति बनाउने हो प्रदेश सरकारले ?’

किसानमाथि लगाएको मुद्दा फिर्ता र समयमा मलखाद उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर सिरहामा जनमत पार्टीले आन्दोलन गरिरहेको विषयमा उनले भने, ‘पार्टीको नाममा नाङ्गो नाच भइरहेको छ । त्यसलाई कही कसैले केही बोल्न सक्ने स्थिति छैन । अब सरकार नै नभएको अनुभूति भइरहेको छ ।’

सांसद साहले प्रदेशका माननीयज्यूहरु नै लज्जित हुने अवस्था आएको भन्दै समयमै ध्यान सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रदेशमा क्यान्सर झै समस्या मलखादको देखिएकाले त्यसलाई निर्मुल पार्नुपर्ने आवश्यकता रहेको भन्दै यसतर्फ सरकारले पहल हुनुपर्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर