नेपाल आइपुगे क्रिकेटका प्रशिक्षक पुबुदु दासानायके (भिडिओ) – Nepal Press

नेपाल आइपुगे क्रिकेटका प्रशिक्षक पुबुदु दासानायके (भिडिओ)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् ।

यस अघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आइपुगेका हुन् । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

मंगलबार विमानस्थल ओर्लिपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी ब्यक्त गरे । साथै नेपालको चुनौति सामना गर्न आफू तयार भएको पनि बताए ।

पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाईमा पुर्‍याउने जिम्मेवार थपिएको बताए ।

प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबै जसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठा भित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास ब्यक्त गरे ।प्रशिक्षक दासानायकेले यस अघि सन २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् ।

उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ । पूर्व मुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो । त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर