फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ अध्यक्षमा सुजिल, यी हुन् अन्य पदाधिकारी – Nepal Press

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ अध्यक्षमा सुजिल, यी हुन् अन्य पदाधिकारी

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । महासंघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल, तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा बद्रीप्रसाद हुमागाईँ र सचिवमा राजकुमार दाहाल र सहकोषाध्यक्षमा अप्सरा थापा छन् ।

हरिकुमार शर्मा, अशोककुमार कुँवर, खगेन्द्र खरेल, प्रेमबहादुर थापा, ज्ञानबहादुर नेपाली, लोकनाथ रेग्मी, शिवप्रसाद पाण्डे र अनिश जोशी सदस्यमा चयन भएका छन् ।

एशोसिएटतर्फको सदस्यमा अजयकुमार घिराइया र मनिष अग्रवाल चयन भएका छन् भने आजीवन सदस्यको तर्फबाट ओमप्रकाश लोहिया छन् ।

कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले फर्निचर तथा फर्निसिङ् व्यवसायीका समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री यादवले केही वर्षभित्र काठ आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे । उनले भने, ‘तीन वर्षमा बन पैदावारमा मुलुकलाई आत्मानिर्भर बनाउने र ५ वर्षपछि निर्यात गर्ने लक्ष्यका साथ काम अगाडि बढेको छ ।’

देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रूपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर