मेडिकल कलेज र निजी अस्पताललाई पनि खोप केन्द्र सञ्चालनको अनुमति – Nepal Press

मेडिकल कलेज र निजी अस्पताललाई पनि खोप केन्द्र सञ्चालनको अनुमति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुलाई पनि खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ।

कोरोना नियन्त्रणका लागि खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको सरकारले मेडिकल कलेज र ५० बेड भन्दा बढी क्षमता भएका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालनको अनुमति दिने भएको हो ।

खोप केन्द्र सञ्चालन गर्न चाहाने निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

खोप उपलब्धताका आधारमा विहान ९ देखि बेलुकी ५ बजेसम्म १८ वर्षमाथिका नागरिकलाई सरकारको नियमानुसार अभियान सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर