म्यानमार अदालतले सूचीविरुद्ध तत्काल फैसला नगर्ने, जनवरी १० मा सुनुवाइ सारियो – Nepal Press

म्यानमार अदालतले सूचीविरुद्ध तत्काल फैसला नगर्ने, जनवरी १० मा सुनुवाइ सारियो

यांगुन । गैरकानूनी आयात र वाकिटकीको दुरुपयोगविरुद्ध म्यानमारको अदालतले लोकतन्त्रवादी नेतृ आङसाङ सूचीविरुद्ध सुनाइने भनिएको फैसला तत्काललाई स्थगित भएको छ ।

नोबेल पुरस्कार विजेता नेतृले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई गत फेब्रुअरी १ मा अपदस्थ गरेयता नेतृ सूची हिरासतमा छिन् । त्यहाँको सैनिक अदालतले ७६ वर्षे नेतृलाई ती आरोपहरुमा सोमबार फैसला सुनाउने तयारी गरेको थिए ।

ती आरोप प्रमाणित भए नेतृ सूचीलाई आजीवन कारावासको सजाय हुनसक्छ । न्यायाधीशले जनवरी १० सम्म फैसला सुनाउने अवधीलाई पर सारेका छन् ।

यस महिनाको सुरुआतमा कोभिड-१९ प्रोटोकल उल्लंघन गरेको र नागरिकलाई उक्साएको आरोपमा नेतृ सूचीलाई ४ वर्षको जेल सजायको फैसला सुनाइएको छ । तर, सेना प्रमुख जनरल मिन हाङ ह्यिाङले यसैसाता सूचीविरुद्धको अदालती सजायलाई आधा कटौती गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर