राष्ट्रसंघसहित ६ मुलुकमा एसएसपी सरहका सहचारी खटाउन प्रस्ताव – Nepal Press

राष्ट्रसंघसहित ६ मुलुकमा एसएसपी सरहका सहचारी खटाउन प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले राष्ट्रसंघसहितका ६ मुलुकमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सरहका सहचारी खटाउन प्रस्ताव गरेको छ ।

प्रहरी मुख्यालयमा सोमबार आयोजित कार्ययोजना सार्वजनिकीकरण कार्यक्रममा गृह मन्त्रालयसमक्ष प्रहरीले सो प्रस्ताव गरेको हो । प्रहरी प्रवक्ता तथा एसएसपी बसन्तबहादुर कुँवरले तीनवर्षे योजना सार्वजनिक गर्दै सो प्रस्ताव गरिएको बताए ।

सो कार्ययोजना अन्तर्गत विभिन्न मुलुकमा प्रहरी संयन्त्र स्थापना गर्ने र अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका विशेष क्षेत्रमा गुप्तचर सूचना संकलन गर्ने संयन्त्रको विकास गर्ने उद्देश्य राखिएको छ ।

नेपाली कामदारको बढी संख्या रहेको मलेसिया, कतार, साउदी अरेबिया, चीन, बंगलादेश र युएईमा एसएसपी तहका सहचारी पठाउन प्रस्ताव गरिएको हो । अमेरिकास्थित राष्ट्रसंघीय नियोगमा पनि यस्तो प्रकृतिको दूत पठाउन समेत भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर