थपिए २७१ कोरोना संक्रमित, एक जनाको मृत्यु – Nepal Press

थपिए २७१ कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं । सोमबार नेपालमा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

९ हजार १५७ जनाको पीसीआर परीक्षणमा २५१ र १ हजार ७२९ जनाको एन्टीजेन परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज थप एकजनाको मृत्यु भएको जनाएको छ । यस्त्ै २२५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

आज देशभरी ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर