प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने (सूचीसहित) – Nepal Press
माओवादी महाधिवेशन

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समूहगत छलफलको प्रक्रिया सुरू भएको छ ।

प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । विभिन्न नेताहरूले संयोजन गर्ने गरी प्रदेशगत, जनवर्गीय संगठन र विभागहरू सम्मिलित समूह बनाएर छलफलका लागि स्थानहरू तोकिएको छ ।

प्रतिवेदनमाथि भोलि दिनभर छलफल हुने र बुधबार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।

समूह, संयोजन गर्ने नेता र स्थानको सूची यसप्रकार छ :

१, ज्येष्ठ क्युनिस्ट मञ्च, एमके प्रसाईं संयाेजक, ठाउँ मञ्च अगाडि ।

२/३ सल्लाहकार कमिटी, संयाेजन नन्दकुमार थापा, मञ्चकाे दायाबाया, १३९ काे आधा आधा विभाजन गरेर दुइटा ।

४/५ : प्रदेश १ दुई भागमा बाँडेर हर्क नेम्वाङ संयाेजन, ठाउँ भानुभक्त हल ।

६/७: प्रदेश २ पारिजात हल, गणेश साह, याे पनि दुई भागमा

८/९ : लुम्बिनी प्रदेश, चक्रपाणी खनाल, सिद्विचरण हल, पुस्तकालय ।

१०/११ : गण्डकी प्रदेश, गायत्री गुरूङ, पेरिसडाँडाकाे माथिल्लो हल ।

१२ : प्रवास समिति लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल

१३/१४ : कर्णाली प्रदेश, विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुईवटा हल ।

१५/१६ : सुदूरपश्चिम, खगराज भट्ट साेही प्यालेसकाे अर्काे हल ।

१७/१८ : केन्द्रीय विभागहरू, माया प्रसाद शर्मा, क्वालिटी व्यांक्वेट, बुद्वनगर, दुइवटा समूह बनाएर ।

१९ : विशेष प्रदेश, जगत सिंखडा, साेही क्वालिटि  व्यांक्वेटमा नै हुने ।

२०/२१ : सम्पर्क समन्वय प्रदेश, श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२/२३ : बागमती प्रदेश, काठमाडाैं व्यांक्वेट, सरल सहयात्री

२४: सम्पुर्ण आयाेगहरू, काठमाडौ व्यांक्वेट केटमै, संयाेजक विष्णु विकास श्रेष्ठ ।

२५: जबस, माेर्चाका इन्चार्जहरू, केन्द्रीय कार्यालयमा रहेकाे, एकता प्रक्रियामा आएकाहरू याे समुहमा रहने । याे पनि काठमाडौं व्यांक्वेटमै, अमृता थापा संयाेजन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर