ए डिभिजन लिग: जावलाखेलको दोस्रो जित – Nepal Press

ए डिभिजन लिग: जावलाखेलको दोस्रो जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावला खेल युथ क्लबले दाेस्राे जित निकालेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साेमबार भएकाे छैठौं चरणकाे अन्तिम खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २-० गाेलकाे नतिजामा पराजित गर्दै जावलाखेलले जित निकालेकाे हाे ।

सातदाेवाटाे माथि दबाब बनाएकाे जावलाखेलका लागि ५०औं मिनेटमा मिडफिल्डर विपिन कँडेलले पहिलाे गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । उनले ओनगुना जुनियरको क्रसमा पासाङ लामाले क्लियर गर्न नसकेको बललाई कन्ट्राेल गर्दै सुन्दर गाेल गरेका थिए । विपिन खेलकाे ४६औं मिनेटमा सुरज ज्यु ठकुरीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस्तै,७०औं मिनेटमा निकोलस फर्नान्डेसले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे ।

निर्धारित समयसम्म दुवै टाेलिले गाेल गर्नै थुप्रै अवसर पाएर पनि स्काेमा कन्भर्ट हुन नसक्दा जावलाखेलले जित निकाल्याे ।

जितसँगै जावलाखेल ६ खेलबाट ७ अंकसहित नवाैं स्थानमा छ । पराजित सातदोबाटो समान ६ खेलबाट ८ अंकसहित पाँचौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *