सेन्ट्रल जोन भलिबलः अपराजित रहँदै फाइनल पुग्यो नेपाल – Nepal Press

सेन्ट्रल जोन भलिबलः अपराजित रहँदै फाइनल पुग्यो नेपाल

काठमाडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रिगिस्थानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाईनल पुगेको छ ।

ढाकास्थित शहीद सुरावर्दि कभर्डहलमा सोमबार भएको अन्तिम खेलमा क्रिगिस्थानविरूद्ध २५-८, २५-१४, २५-१७ को जित निकाल्दै साविक विजेता नेपाल लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।

नेपालले फाइनलमा मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा श्रीलंकामाथि ३-२ को नाटकीय जित निकालेको नेपालले दोस्रो खेलमाा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै, तेस्रो खेलमा आयोजक बंगलादेशविरूद्ध ३-० को जित निकालेको थियो । भने, चौथो खेलमा उज्वेकिस्तानविरूद्ध ३-० को जित निकालेको थियो ।

नेपाले अपराजित रहँदै ५ खेलबाट १४ अंक जोडेको छ ।

प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेश, किर्गीस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर