‘कठ्पुतली’ दोस्रो ट्रेलर रिलिज : युवराज कार्मको राजा बन्ने सपना होला पूरा ? – Nepal Press

‘कठ्पुतली’ दोस्रो ट्रेलर रिलिज : युवराज कार्मको राजा बन्ने सपना होला पूरा ?

काठमाडौं । साइकोलोजिकल थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

निर्माण टिमले पहिलो ट्रेलर रिलिजको समयमा नै दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेको थियो । पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको टिप्पणी भएको थियो, यद्यपी ट्रेलरको चौतर्फी तारिफ भइरहेको छ । दोस्रो ट्रेलरमा तर्साउने दृश्यहरु समावेश छन् ।

दोस्रो ट्रेलर हेर्दा फिल्मको मूल कथा अभिनेता कार्मको वरपर घुमेको बुझ्न सकिन्छ । विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ । २ मिनेट ९ सेकेण्डको ट्रेलरमा कार्मको अभिनयले ध्यान खिच्छ ।

भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कार्म, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने सम्पदा मल्लले लेखेकी हुन् । अष्ट्रेलियाली छायांकार जोएल फ्रूमले खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *