दैलेखमा एमाले अध्यक्षका लागि चार जनाको दावी – Nepal Press

दैलेखमा एमाले अध्यक्षका लागि चार जनाको दावी

सुर्खेत । नेकपा एमाले दैलेखको अध्यक्षमा चार जनाले दावी गरेका छन् । २३ गते हुने जिल्ला सम्मेलनमा वर्तमान अध्यक्ष रविन्द्रराज शर्मासहित चार जनाले दावी गरेका हुन् ।

एमाले दैलेखका अनुसार पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाहीले पनि अध्यक्ष पदका लागि लबिङ सुरु गरेका हुन् ।

यस्तै अध्यक्ष पदका लागि जिल्ला समन्वय प्रमुख प्रेम थापा र चामुण्डा बिन्द्रासैनी नगर प्रमुख सुर्यबहादुर शाहीले समेत दावी गरेका छन् ।

एमाले दैलेखमा हाल छ जना केन्द्रीय सदस्य छन् । तीन जना निर्वाचन क्षेत्र नम्बर एकमा छ्न् ।

मिनासिँह रखाल, सूर्य कुमारी श्रेष्ठ र धर्मराज रेग्मी सो क्षेत्रबाट केन्द्रीय सदस्य बनेका छन । यस्तै तीन जना निर्वाचन क्षेत्रबाट बिष्णु रिजाल, राज बहादुर बुढा र लक्ष्मीप्रसाद पोखरेल केन्द्रीय सदस्य बनेका छन् ।

सोही आधारमा अध्यक्ष पदका लागि शर्मा बलियो उम्मेदवार बनेका हुन् । उनी प्रतिनिधि सभा सदस्य समेत छन् ।

६७५ जना प्रतिनिधि हुने सम्मेलनमा सर्बसम्मत नेतृत्व चयन गर्ने तयारी छ ।

यसैबीच एमालेको जिल्ला कमिटी बैठकले अध्यक्ष शर्माको नेतृत्वमा जिल्ला सम्मेलन व्यवस्थापन समिती गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर