महाधिवेशनस्थलमा राखिएको प्रचण्डको ‘प्रतिमा’ हटाइयो – Nepal Press

महाधिवेशनस्थलमा राखिएको प्रचण्डको ‘प्रतिमा’ हटाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा राखिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिमा हटाइएको छ ।

महाधिवेशनस्थल प्रज्ञा भवन परिसरमा राखिएको अध्यक्ष प्रचण्डको प्रतिमा सोमबार हटाइएको हो ।

महाधिवेशनस्थल बाहिर प्रचण्डको प्रतिमा राखिएको तस्बिरहरुसहित समाचारहरु सार्वजनिक भएपछि हटाइएको हो ।

माओवादी केन्द्रको महाधिवेशन अन्तरगत आज बन्दसत्र सुरु भएको छ । यो महाधिवेशनले अध्यक्षसहित १५ जना पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर