माओवादी महाधिवेशनमा कफी बेचेर विरेनले एक दिनमै कमाए ४५ हजार – Nepal Press

माओवादी महाधिवेशनमा कफी बेचेर विरेनले एक दिनमै कमाए ४५ हजार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन हिजोदेखि जारी छ । महाधिवेशनमा देशभरका १६ सयभन्दा बढी प्रतिनिधि भेला भएका छन् ।

महाधिवेशनलाई लक्षित गरेको खुद्रा व्यापार फस्टाएको छ । व्यापारीहरूलाई यतिबेला प्रज्ञा भवनमा ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेजस्तै भएको छ । जाडो सिजन भएकाले कमलादीको महाधिवेशनस्थलमा अधिकांश कार्यकर्ताको साथी बनेको छ चिया र कफी । यही चटारोमा व्यस्त छन् ए प्लस माउन्ट कफी विनका विरेन अर्याल ।

हिजो उद्घाटनको दिनमात्र विरेनले ४५ हजारको व्यापार गरेको बताए । आज पनि बिहानैदेखि उनी व्यस्त छन् । ब्ल्याक कफी ८० र मिल्क कफी १०० मा बेचिरहेका उनले बाहिरको मूल्यभन्दा ३० प्रतिशत सस्तोमा बिक्री गरिरहेको बताए ।

विरेनका अनुसार कफी बिक्रीबाट कमाएको रकमको १५ देखि २० प्रतिशत आयोजकलाई बुझाउनु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *