सप्तरीमा वियरको बोतलले घाँटी रेटेर महिलाको हत्या – Nepal Press

सप्तरीमा वियरको बोतलले घाँटी रेटेर महिलाको हत्या

जनकपुरधाम । सप्तरीमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । छिनमस्ता गाउँपालिका-१ बरही वीरपूरकी ५० वर्षीया भुटनीदेवी यादवको हत्या भएको हो ।

खेतमा फालिएको अवस्थामा भुटनीदेवीको शव फेला परेको बताइएको छ । खेतमा काम गर्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार बियरको बोतलले घाँटी रेटेर उनको हत्या भएको हो ।

हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर