७ बुँदे मागसहित सिके राउतको पार्टी आन्दोलनमा, आज सिरहामा चक्काजाम – Nepal Press

७ बुँदे मागसहित सिके राउतको पार्टी आन्दोलनमा, आज सिरहामा चक्काजाम

सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।

जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर