९ गोल भएको खेलमा सिटीले लेस्टरलाई हरायो – Nepal Press

९ गोल भएको खेलमा सिटीले लेस्टरलाई हरायो

एजेन्सी । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध फराकिलाे अन्तरकाे जित निकाल्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा इतिहादमा भएको खेलमा सिटीले लेस्टर सिटीलाई ६-३ ले पराजित गरेको हो । सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्‍यो । दोस्रो हाफमा ५ गोल भए । सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल फर्कायाे ।

सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डी ब्रुयन, रियाद मेहरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १-१ गोल गरे ।

जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । सिटीको १९ खेलबाट ४७ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । १९ खेलबाट चेल्सी ४१ अंकसहित तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर