अखिलको राष्ट्रिय महाधिवेशन चैत तेस्रो साता – Nepal Press

अखिलको राष्ट्रिय महाधिवेशन चैत तेस्रो साता

झापा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनअघि विधान महाधिवेशन हुने भएको छ ।

आगामी चैत २२ देखि २४ सम्म महाधिवेशन हुने भएकाले त्यसअघि फागुन ७ र ८ गते विधान महाधिवेशन आयोजना हुने महासचिव समिक बडालले बताए ।

झापाको विर्तामोडमा सम्पन्न केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ ।

अध्यक्ष सुनिता बरालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति, बरिष्ठ उपाध्यक्ष आरसी लामिछानेको नेतृत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष झपिन्द्र खत्रीको नेतृत्वमा शैक्षिक मुद्दा प्रतिवेदन लेखन समिति र महासचिव समिक बडालको नेतृत्वमा विधान मस्यौदा उपसमिति गठन भएको छ ।

बैठकले माघ १० देखि २६ गतेभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको बडालले बताए । महाधिवेशनस्थल पोखरा प्रस्तावित भए पनि निर्णय हुन बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर