ए डिभिजन लिग : थ्री-स्टारसँग आर्मीको बराबरी, एएफसी कप खेल्ने सम्भावना समाप्त – Nepal Press

ए डिभिजन लिग : थ्री-स्टारसँग आर्मीको बराबरी, एएफसी कप खेल्ने सम्भावना समाप्त

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र थ्रि-स्टार क्लबले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा खेलको निर्धारित समयसम्म दुबै टोलीले गोल गर्ने अवसरहरू सदुपयोग गर्न नसक्दा स्कोरमा कन्भर्ट हुन सकेन ।

थ्री-स्टारका ऋतिक कुमार खड्काले १७औं मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार आर्मीका डिफेन्डर बिमल पाण्डेले क्लियर गरिदिए ।

खेलको २३औं मिनेटमा जगजित श्रेष्ठको पासमा सन्तोष तामाङको प्रहार थ्रि-स्टारका गोल किपर प्रिसो याङजाङ्गाले बचाएका थिए ।

यस्तै, ३०औं मिनेटमा ऋतिक कुमार खड्काको क्रसमा सेम इग्युनीले गरेको प्रहार आर्मीका गोल किपर विकेस कुथुले बचाए ।

आर्मीले ३६औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । सन्तोस तामाङको फ्रि-किकमा डिफेन्डर योद्धा शाहीले हेडर मार्फत गरेको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । त्यही रिबाउन्ड बलमा टंक बस्नेतको प्रहार पुनः क्रसबारमा लागेर बाहिरियो ।

पहिलो हाफको इन्जुरि समयमा दिनेश हेन्जनले उत्कृष्ट रन बनाएर लगेको बल पेनाल्टी यरियाबाट कप्तान जर्ज प्रिन्स कार्कीलाई पार दिन खेज्दा थ्री-स्टारका मिडफिल्डर राफेल रिमले क्लियर गरिदिए ।

निर्धारित समयसम्म पिन दुवैटोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

थ्री-स्टारसँग बराबरीसँगै आर्मीको एएफसी कप खेल्ने सपनामा लगभग पुर्णविराम लागेको छ । सातौं चरणको समाप्तिमा तालिकाको शीर्ष स्थानमा रहने एएफसी लाइसेन्स प्राप्त टोलीले एएफसी कप खेल्न पाउनेछ ।

बराबरीसँगै ६ खेलबाट १० अंक जोड्दै आर्मी तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ७ अंक जोडेको थ्री-स्टार सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर