‘ग्रेट डिबेट’ को शुरुवात भइसक्यो, कहाँ–कहाँ चुक्यौं गम्भीर आत्मसमीक्षा हुन्छ : प्रचण्ड – Nepal Press

‘ग्रेट डिबेट’ को शुरुवात भइसक्यो, कहाँ–कहाँ चुक्यौं गम्भीर आत्मसमीक्षा हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा बहसको शुरुवात भइसकेको बताएका छन् ।

आइतबार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाविधेशनको ठूलो अंश यसबाट सफल भइसकेको समेत बताए ।

‘महाधिवशेनका ठूलो भाग भइसक्यो । ‘ग्रेट डिबेट’को शुरुवात भइसक्यो,’ प्रचण्डले भने, ‘भोलिदेखि हामी कसरी प्रस्तुत हुने भन्ने कुराको दिशा निर्देश भइसक्यो । यो महाधिवेशनलाई सबैले चासोपूर्वक हेरेका छन् ।’

शान्ति प्रक्रियायता कहाँ–कहाँ चुक भयो त्यसको गम्भीर आत्मसमीक्षा महाधिवेशनमा हुने प्रचण्डले बताए। उलने भने, ‘यो महाधिवेशनबाट गर्न खोजेको कुरा आत्मसीक्षा नै हो । हामी शान्ति प्रक्रियामा आएदेखि कहाँ–कहाँ चुक्यौं समीक्षा गर्छौं ।’

प्रचण्डले राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै समीक्षा आफ्नैबारे गरेको बताए। ‘प्रतिवेदनमा सबैभन्दा आत्मसीक्षा मैले मेरै गरेको छु,’ उनले भने, ‘मैले आफैंलाई चिरफार गरेको छु ।’

प्रचण्डले नेकपा एकता गलत नभएको भन्दै कहाँ कमजोरी भयो भनेर समीक्षा गर्न समेत एमालेलाई आग्रह गरे । उनले भने, ‘फेरि एकचोटी आत्म समीक्षा गरौं कहाँ कमजोरी भयो रु हामीले गल्ती गरेका थिएनौं ।’


प्रतिक्रिया

One thought on “‘ग्रेट डिबेट’ को शुरुवात भइसक्यो, कहाँ–कहाँ चुक्यौं गम्भीर आत्मसमीक्षा हुन्छ : प्रचण्ड

  1. सबैभन्दा बढी चुकेकाे तिमी हाै । गाडी चढने भए पनि ३० ४० लाखकाे चढनु । ३ कराेडकाे किन चाहियाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर