माओवादी महाधिवेशनमा नेताहरुको कानेखुसी र हाँसीमजाक (तस्बिरहरु) – Nepal Press

माओवादी महाधिवेशनमा नेताहरुको कानेखुसी र हाँसीमजाक (तस्बिरहरु)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन राजधानीमा सुरु भएको छ । आइतबार प्रज्ञा भवन कमलादीमा सुरु भएको महाधिवेशनलाई शुभकामना दिन विभिन्न दलका नेताहरु पनि सहभागी भए ।

सहभागी नेताहरुमा एकआपसमा कानेखुसी र हाँसिमजाक समेत चलेको देखियो ।

विशेष गरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कानेखुसी र हाँसिमजाक भएको देखियो ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पनि भलाकुसारी भएको देखियो । माले महासचिव सिपि मैनाली र राप्रपा महामन्त्री कुन्ती शाहीले पनि एकआपसमा भलाकुसारी गरिएको देखियो ।

महाधिवेशनलाई सुभकामना दिन आएका एमाले महासचिव शंकर पोखरेल, उपेन्द्र यादव र माओवादी प्रवक्ता कृष्णबहादुर महराबीच पनि भलाकुसारी र हाँसिमजक भएको देखियो ।

तस्वीरहरु

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर