नेतृत्वको पुस्तान्तरण पुँजीवादीहरुको कुरा हो : मात्रिका यादव – Nepal Press

नेतृत्वको पुस्तान्तरण पुँजीवादीहरुको कुरा हो : मात्रिका यादव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता मात्रिका यादवले नेतृत्वको पुस्तान्तरण भन्ने कुरा पुँजीवादीहरुको भएको बताएका छन् ।

आइतबार माओवादी केन्द्रको महाधिवेशनलाई सम्बोधन गर्दै यावदले प्रचण्डपथ छाडेर गलत भएको समेत बताए ।

‘अहिले चलेको छ, पुस्तान्तरणको,’ यादवले भने, ‘यो पुँजवादीहरुको कुरा हो । बुढाले छोड्नुपर्‍यो, नयाँलाई दिनुपर्‍यो । स्थापित नेतालाई पाखा लगाइदिने, अनी केही नजान्नेलाई नेता बनाइदिने ।’

यादवले ‘फेस’ र ‘एज’ले नेतृत्व नुहने बताए। ‘प्रचण्डपथ विकास गर्नुको साटो हामीले त्यसलाई छोडिदियौं,’ उनले भने, ‘क्रान्ति रनभुल्लमा प¥यो । आम मान्छेमा प्रश्न उठ्न थाल्यो । ममा पनि त्यस्तो प्रश्न उठ्यो । गर्दा–गर्दा मोहन वैद्य हिँडे, अरु धेरे हिँडे । हाम्रो अविगत के भयो ?’

‘सबैभन्दा पहिले मैले छाडे र सबैभन्दा पहिले मै आएर अध्यक्षलाई भने अब यसरी हुँदैन भनेर भने,’ यादवले थपे, ‘अध्यक्षले यसको निर्मम समिक्षा गर्छु भन्नु भएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर