सिन्धुपाल्चोकका पूर्व सांसद कर्माचार्यले एमाले छाडे, नेकपा एसमा प्रवेश गर्ने – Nepal Press

सिन्धुपाल्चोकका पूर्व सांसद कर्माचार्यले एमाले छाडे, नेकपा एसमा प्रवेश गर्ने

काठमाडौं । सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यले नेकपा एमाले परित्याग गरेका छन् । दशौं राष्ट्रिय महाधिवेशनबाट फर्केदेखि नै उनी एमालेबाट विद्रोहको मुडमा थिए ।

केन्द्रीय सदस्यका दाबेदार कर्माचार्यलाई पार्टीले मनोनयनमा समेत नपारेपछि ४० वर्षदेखिको एमालेसँगको आबद्धता त्यागेको घोषणा गरेका हुन् । कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेशको तयारीमा छन् ।

उनले केही दिनअघि नै विद्रोहको लागि छलफल गरेका थिए । तर टिममा रहेका जिल्लाका अधिकांश नेता कार्यकर्ताले पार्टीभित्रै बसेर संघर्ष गर्न सुझाएपछि उनी एक्लै भने पनि विद्रोहका लागि तयार भएका हुन् ।

सिन्धुपाल्चोकमा साबिक एमालेभित्र माधव नेपाल पक्षको ८० प्रतिशत शक्ति रहेको थियो । १० बुँदे सम्झौतापछि अमृत बोहोरा, अरुण नेपालको नेतृत्वमा सबै नेताहरु एमालेमै बसेका थिए ।

जिल्लाका केही नेताले कर्माचार्यलाई केन्द्रीय सदस्य बन्नबाट रोकेको आरोप समेत लागेको थियो । दुई कार्यकाल एमालेको जिल्ला नेतृत्व गरेको कर्माचार्य २०५६ मा सांसद जितेका थिए भने २०६४ र २०७० मा पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर